प्रहर खबर
 २०८३ कार्तिक ११, मङ्गलवार    

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

२०७९ बैशाख १९, सोमबार ०३:५३ बजे

हेटौंडा – छुट्टाछुटै स्थान भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । काठमाडौं, कञ्चनपुर र मोरङमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।

काठमाडौंमा गएराती बानेश्वरबाट बबरमहल आउदै गरेको बा ६१ प ८९८८ नम्बरको स्कुटर दुर्घटना हुँदा डडेल्धुराको अमरगढी नगरपालिका ५ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने अन्दाजी २६ बर्षीय केबिन श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएको उनको उपचारको क्रममा वीर अस्पतालमा राती पौने २ बजे, मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सवार स्कुटर गएराती पौने १२ बजे, अनियन्त्रीत भई सडकको नालीमा पल्टिएको थियो ।

त्यस्तै कञ्चनपुरको बेदकोट नगरपालिका ३ चोरपानीमा सुदुर पश्चिम प्रदेश ०२–००३–प ४६५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा शुक्लाफाँटा नगरपालिका १० का अन्दाजी ५५ वर्षीय केशवराज अवस्थीको मृत्यु भएको छ । बेदकोट तालबाट दैजीतर्फ जादै गरेको मोटरसाइकल आइतबार साँझ साढे ५ बजे अनियन्त्रित भइ दुर्घटना हुँदा अवस्थी चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

त्यस्तै मोरङको कानेपोखरी गाँउपालिका ७ मा ना ३ ख ६७६ नम्बरको ट्रकले प्रदेश १–०२–०४९ प नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार विराटनगर महानगरपालिका १६ का अन्दाजी २९ बर्षीय रुपक श्रेष्ठका छन् । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका चालक श्रेष्ठको उपचारको क्रममा बिराटनगर स्थित न्युरो अस्पतालमा बेलुकी साढे ८ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारी मोरङले जनाएको छ ।