प्रहर खबर
 २०८३ भाद्र १४, आइतवार    

बोलेरो जिप दुर्घटना हुँदा एक नवजात शिशुको मृत्यु, ६ गम्भीर घाइते

२०७९ कार्तिक २०, आईतबार १२:२९ बजे

काठमाडौं – धनुषामा बोलेरो जिप दुर्घटना हुँदा एक नवजात शिशुको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते भएका छन ।

लक्ष्मीनिया गाउँपालिकामा ना ३ च ३५७५ नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए ।

क्षेत्रीका अनुसार जनकपुरधामबाट ढल्केबर गइरहेको बोलेरो लक्ष्मीनियाको सेन्ट्रल हस्पिटल अगाडि अनियन्त्रित भएर पल्टिएको हो । दुर्घटनामा गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि नजिकै रहेको सेन्ट्रल हस्पिटल पु¥याइएको र घटना सम्बन्धमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।