प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

हेटौंडा उपमहानगरको मेयर र उपमेयरमा क–कसले दिए उम्मेदवारी ?

२०७९ बैशाख १३, मंगलबार ००:५५ बजे

हेटौंडा – बागमती प्रदेशको एक मात्र मकवानपुरको हेटौंडाको उपमहानगरपालिकाको मेयर पदमा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा विभिन्न दलबाट १२ जना र पाँच जनाले स्वतत्त्र उम्मेदवारी दिएका छन् ।

नेकपा एमालेका हेटौंडा उपमहानगरपालिकाको मेयरमा अनन्त प्रसाद पौडेल, सत्तारुढ गठबन्धनका हेटौंडा उपमहानगरपालिकाको मेयरमा मीना कुमारी लामा, नेपालका लागि नेपाली पार्टीका मुकुन्द प्रसाद आचार्य, नेकपा मालेका केशव घर्ती, जसपा नेपालका दिपा लामा, राप्रपाका दिपक बहादुर सिंहले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीका रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीका अयोध्याकुमार भट्टाराई, सचेत नेपाली पार्टीका रामप्रसाद गौतम, नेकपा समाजवादीका रोमनाथ भुर्तेल, मौलिक जरोकिलो पार्टीका सिर्जना बर्तौला उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रबाट कबिराज पाठक, पुरुषोत्तम रुपाखेती, उत्तमकुमार दुलाल, लिलाकुमारी आचार्य र देवराज पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

उपमेयरमा ९ जनाको उम्मेदवारी

हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा नौ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । विभिन्न दलका आठ जना र एकजनाले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । उपमेयरमा नेकपा एमालेबाट उपप्रमुख सुमित्रा काफ्ले , सत्तारुढ गठबन्धन (नेपाली कांग्रेस) बाट राजेश बानियाँ, मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरे, नेकपा समाजवादीबाट मख्खकुमारी तिमल्सिना, जनजागरण पार्टीबाट नेपाल शिवकुमारी पाठक, नेकपार्टी मालेबाट अम्बिका लामिछाने, जनता समाजवादी पार्टी नेपालबाट हरिहर खतिवडा , राप्रपाबाट इन्दिरा न्यौपाने र स्वतन्त्र सुरज पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।