हेटौंडा – बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । प्युठानको नौबहिनी गाउँपालिका–४ मा शुक्रबार लु १ ख ७०२१ नम्बरको बसको स्थानीय टुकमान पुनका ८ वर्षीय छोरा सरोजको मृत्यु भएको हो ।
बसले बाटोमा हिडीरहेका बालकलाई शुक्रबार बिहान साढे ८ बजे ठक्कर दिएको थियो । गम्भीर घाइते भएका बालकको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको हो । बस सहित चालकलाई इलाका प्रहरी कार्यालय बिजुवारले नियन्त्रणमा लिएको छ ।