प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

दसैँमा घरमा कोही नभएको मौका छोपेर लाखौँको धनमाल चोरी

२०८० कार्तिक ११, शनिबार १७:०९ बजे

काठमाडौँ – दसैँको मौका पारेर काठमाडौँको चन्द्रागिरि नगरपालिकामा लाखौँको धनमाल चोरी भएको छ ।

चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउ नयाँबस्ती बस्ने दुर्गा राज बरालको घरमा कोही नभएको अवस्थामा ढोकाको ताल्चा फोडी नगद तथा जिन्सी समेत गरी करिब ३ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।