हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१७ स्थित कर्र्राखोलामा एक जनाको शव फेला परेको छ । स्थानीय ५१ वर्षीय पूर्ण बहादुर राईको शव कर्रा खोलामा डुबेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक (प्रवक्ता)टेक बहादुर कार्कीले जानकारी दिए ।
सोमबार खोलामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । राईको खोला तर्ने क्रममा डुबेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । उनको शव परिक्षणको लागि हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए ।