प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

नागरिकता माग गर्दै आत्मदाहको प्रयास

२०८० जेठ ३०, मंगलबार १३:३१ बजे

काठमाडौँ – काठमाडौंको माइतीघर मण्डलामा एक युवकले नागरिकता माग गर्दै आत्मदाहको प्रयास गरेका छन् । मोरङ कटहरीका निरजकुमार कामतले आत्मदाहको प्रयास गरेका हुन् ।

प्रहरीका अनुसार मंगलबार ती युवकले आफैँलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् । आत्मदाहको प्रयास गर्दैगर्दा ती युवकलाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।

उद्धारपछि युवकलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको प्रहरीले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि परेको रिटमा सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि नागरिकताविहीन संघर्ष समितिले आन्दोलन गर्दै आइरहेका छन् ।