प्रहर खबर
 २०८३ भाद्र १५, सोमवार    

प्रधानमन्त्री ओलीलाई गाली गर्ने टिकटकर बस्नेतलाई ३० हजारमा छाड्न आदेश

२०८२ असार १२, बिहीबार १९:३५ बजे

काठमाडौँ।  काठमाडौँ जिल्ला अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीसहितका राजनीतिक नेताहरूलाई सामाजिक सञ्जालमार्फत गाली गर्ने टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न आदेश दिएको छ।

अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बस्नेतलाई ३० हजार धरौटीमा छाड्न आदेश दिएको अदालत प्रशासनले जनाएको छ। 

उनलाई साइबर अपराधको कसुरमा प्रहरीको साइबर ब्यूरोले असार १ गते भक्तपुरबाट पक्राउ गरेको थियो।