प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

नेपाल सुपर लिग: धनगढी र ललितपुरले बराबरी खेले

२०८० मंसिर १६, शनिबार २०:४७ बजे

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसी र ललितपुर सिटी एफसीले गोल रहित बराबरी खेलेका छन् । दशरथ रङ्गशालामा धनगढी र ललितपुरले गोल रहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

बराबरीको नतिजा पछि धनगढी लिगको शीर्ष स्थानमा यथावत छ । धनगढीले ३ खेलबाट ७ अङ्क जोडेको छ । दोस्रो स्थानको ललितपुरको २ खेलबाट ५ अङ्क छ ।

खेलको म्यान अफ दि म्याच ललितपुर सिटी एफसीका गोलकिपर जेफ्री विलि मार्सेल बनेका छन् । उनले ३० हजार रुपैयाँ पाएका छन् ।

एनएसएलको तेस्रो खेलसम्म आउँदा दुवै टिम अपराजित छन् । दुई खेल जितेको धनगढीको यो पहिलो बराबरी खेल हो । ललितपुरले भने पहिलो खेल जितेको थियो । त्यसपछिका दुई खेल भने उसले बराबरी खेलेको छ ।

आज शनिवारको खेलपछि धनगढी ७ अङ्कका साथ शीर्ष स्थानमा कायम छ भने ललितपुर ५ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ ।