प्रहर खबर
 २०८३ भाद्र १२, शुक्रवार    

अटो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

२०७९ जेठ ११, बुधबार ०३:२८ बजे

काठमाडौं – रोल्पामा अटो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा अटो चालक रोल्पा नगरपालिका वडा नम्बर २ का २९ वर्षीय महेश कवर रहेका छन् ।

घाइते मध्ये एक जना गम्भीर घाइते भएका छन् भने दुई जना उपचारपछि घर फर्केका छन्।रोल्पा नगरपालिका वडा नम्बर ७ का करिब ५२ वर्षीय जानसिंह पुनलाई थप उपचारको लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ।

मंगलबार साँझ करबि ६ बजेतिर रोल्पा नगरपालिका वडा नम्बर २ सिमलबाङबाट माडीचौरतर्फ जाँदै गरेको रा१ह ४३४७ नम्बरको अटो अनियन्त्रित भएर सडकदेखि झन्डै ५० मिटर तल खसेको थियो।

सांकेतिक तस्बिर