प्रहर खबर
 २०८३ भाद्र १५, सोमवार    

पूर्व सांसद पाण्डेको निधन

२०८० जेठ १६, मंगलबार ११:४९ बजे


काठमाडौँ – पूर्व सांसद मिना पाण्डेको निधन भएको छ। क्यान्सर रोगबाट पीडित पाण्डेको मंगलबार निधन भएको हो।

सर्लाही  क्षेत्र नम्बर २ बाट दुईपटक प्रत्यक्ष सांसद निर्वाचित भएकी पाण्डे पछिल्लो प्रतिनिधिसभाको समानुपातिक सांसद हुन्।

वि.सं. २००८ सालमा जन्मिएकी पाण्डेले २०३५ मा नेपाल विद्यार्थी संघबाट राजनीतिक जीवनयात्रा प्रारम्भ गरेकी हुन्। तीन पटकसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य रहेकी पाण्डे २०४८, २०५१ र २०७४ मा प्रतिनिधि सभा सदस्य हुन्।

उनी वि.सं. २०६४ मा संविधान सभा सदस्य बनेकी थिइन् । उनी पद्यकन्या क्याम्पसकी पहिलो स्ववियु सभापति हुन्।  उनी २०५४ सालमा राज्यमन्त्री भएकी थिइन्।