प्रहर खबर
 २०८३ भाद्र १२, शुक्रवार    

दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

२०७९ चैत्र १३, सोमबार ०७:०९ बजे

काठमाडौं – गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ।

टोखामा शनिबार आफुलाई कुटपिट गरेको भन्दै रिदम क्षेत्रीले उनीविरुद्ध महाराजगन्ज प्रहरी वृत्तमा उजुरी दिएका हुन्।

थापासहित तीन जनाको समूहले पिटेको क्षेत्रीले उजुरीमा उल्लेख गरेका छन्। क्षेत्रीले आफ्नो सिक्रीसमेत हराएको आरोप लगाएका छन्।

डीएसपी अंगुर जिसीले आइतबार ठाडो उजु्री आएको र सोमबार छलफलका लागि दुवै पक्षलाई बोलाइएको बताए।