प्रहर खबर
 २०८३ कार्तिक ३, सोमवार    

तीन नम्बर पुल नजिकै बस दुर्घटना: ८ जनाको घटनास्थलमै मृत्यु

२०७९ आश्विन २०, बिहीबार ०६:२३ बजे

हेटौंडा – बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित तीन नम्बर पुल नजिकै मोडमा बिहीबार बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो । बस सडकबाट तल खोलामा खसेको हो । घाइतेको उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार बस अनियन्त्रीत भई सडकबाट करिब ३० मिटर तल खसेको छ । उद्धारमा संलग्न प्रहरीले दुर्घटनामा ८ जनाको मृत्यु भएको जानकारी दिएपनि अस्पतालले भने पुष्टि गर्न बाँकी रहेको छ ।

मकवानपुर प्रहरीका अनुसार दुर्घटनमा घाइते भएकामध्ये हेटौंडास्थित चुरेहिल अस्पतालमा ९ जना, सहकारी अस्पतालमा ६ जना उपचारको लागि ल्याईएको छ । अन्य अस्पतालको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।