प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

हेटौंडामा बेवारिसे अवस्थामा भेटिएकी एक महिलाको मृत्यु

२०८१ मंसिर २१, शुक्रबार ०९:३० बजे

हेटौंडा – हेटौंडामा बेवारिसे अवस्थामा भेटिएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका–१०, बसपार्क क्षेत्रमा कार्यरत र हिड्डुल गर्दै आएकी अन्दाजी ३४/३५ बर्षीया एक महिलाको उपचारका क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

महिला बिरामी अवस्थामा भेटिएपछि स्थानीय प्रहरीले उद्वार गरी हेटौंडा सरकारी अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए। प्रहरीले उनी बसेको स्थान हेटौंडा बसपार्क क्षेत्रबाट करिब १०० मिटर पूर्व पर्ने बताएको छ।

प्रहरीका अनुसार ती महिलाले आफ्नो नाम कञ्चन परियार (वतन नखुलेको) बताएकी थिइन्।

महिलाको अवस्था गम्भीर रहेको र अस्पताल पु¥याएपछि उपचारका क्रममा २० गते दिउँसो १:३५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। हाल मृतकको शव हेटौंडा सरकारी अस्पतालमै राखिएको छ।

मृतकको परिवार वा आफन्त सम्पर्कमा नरहेकोले  मृतकको पहिचान खुलाउन र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।