प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

खानेपानी तथा सिँचाइ पोखरीमा डुबेर दुई बालकको मृत्यु

२०८० जेठ २७, शनिबार ०२:१२ बजे

काठमाडौं – जाजरकोटमा खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ।

मृत्यु‌ हुनेमा भेरी नगरपालिका–१३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोद बस्नेत रहेका छन्।

उनीहरू विद्यालयमा पढेर घर आएर खाजा खाएर खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्न गएका थिए ।‌ सोही क्रममा डुबेर‌ उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।