काठमाडौं – नेकपा (एमाले) निर्वाचन आयोगको बैठकले पदाधिकारी चयन, सचिवालय गठन र पार्टीको आन्तरिक निर्वाचनका लागि आवश्यक विभिन्न निर्णय गरेको छ ।
बैठकमा पार्टी महासचिव शंकर पोखरेलको उपस्थिति रहेको थियो । उनले समसामयिक राजनीतिका साथै आयोगका बिषयमा विचार व्यक्त गरेका थिए ।
आयोगका अध्यक्ष डा. विजय सुब्बाको अध्यक्षतामा बसेको बैठकले आयोगको उपाध्यक्षमा अधिवक्ता सानुराज पोखरेल र सचिवमा अधिवक्ता डा.कुन्साङ लामालाई चयन गरेको छ ।
त्यसैगरी सचिवालयमा महेश नेपाल, सानुराज पोखरेल, रीता सिंखडा, डा.कुन्साङ लामा र बाबुराम दाहाल रहेका छन् ।
बैठकले आयोगसँग सम्बन्धित दस्तावेजहरू छाप्ने र उम्मेदवारी दस्तुरबारे पनि निर्णय गरेको छ ।