काठमाडौं – गुल्मीको इश्मा गाउँपालिका वडा नम्वर ५ मा ७४ वर्षीया वृद्धाको आफनै घरभित्र शंकास्पद मृत्यु भएको छ ।
स्थानीय ७४ वर्षीया जीवकला थापाको घरको ढोकामा ताल्चा लगाएको अवस्थामा घरभित्र थापा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधबराज खरेलका अनुसार वृद्धाले नाक र कानका लगाएको गहनाहरु पनि नभएकाले घटना रहस्यमय देखिएको छ । थापा दुई दिन अगाडिदेखि गाउँमा हिँड्डुल गरेको नदेखेको स्थानीयहरुले जनाएका छन् ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।