मकवानपुर - मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिको आयोजना गढी गाउँपालिकाको मुख्य प्रायोजनमा महिला भलिवल प्रतियोगीता सम्पन्न भएको छ ।
मकवानपुरगढी खेलकुद विकास समितिका अध्यक्ष श्री हिरा बहादुर स्याङ्तान, प्रमुख अतिथी श्री मकवानपुरगढी गाउँपालिका अध्यक्ष श्री दोर्जे लामा स्याङ्तान र विशिष्ट अतिथी मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष श्री मानकुमारी पाख्रीन नेपालीको समेत उपस्थिति रहेको उक्त कार्यक्रम मकवानपुरगढी गाउँपालिका-७,को श्री गीताधर्म आधारभुत विद्यालयको प्राङ्गणमा सम्पन्न भएको हो ।
जसमा मकवानपुरगढी-४, प्रतिभा युवा क्लब प्रथम र मकवानपुरगढी-५ दोस्रो भएको छ ।