प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

युवतीले ओडेको सल मोटरसाइकलको टायरमा बेरिएपछि...

२०७९ कार्तिक १२, शनिबार १३:१६ बजे

हेटौंडा – तनहुँको ऋषिङ गाउँपालिका १ झापुटारमा शनिबार मोटरसाइकलको टायरमा सल बेरिएर लड्दा एक युवती घाइते भएकी छिन् ।

गम्भीर घाइते भएकी तनहुँकै ब्यास नगरपालिका ५ बस्ने २९ वर्षीया रेणु थापाको उपचार जिल्ला अस्पताल दमौलीमा भइरहेको प्रहरीले जनाएको छ ।

शनिबार बिहान १० बजे ग १५ प ३४ ७२ नम्बरको मोटरसाइकलमा पछाडी सवार थापाले ओडेको सल पछाडीको टायरमा बेरिएर उनी लडेकी थिइन् ।