काठमाडौं – काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ ।
सुकुम्बासी बस्तीभित्र प्रहरी छिर्ने क्रममा स्थानीय र प्रहरीबीच ढुंगा हानाहान हुँदा काठमाडौं नगर प्रहरी प्रमुख राजु पाण्डे घाइते भएका छन्। झडप हुँदा पाण्डे सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको टाउकोमा सामान्य चोट लागेको छ । यस्तै झडपमा अन्य १४ जना समेत सामान्य घाइते भएको उनले बताए।
अहिले घटनास्थलमा २५० भन्दा बढी नगर प्रहरी परिचालन गरिएको छ भने सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि परिचालन गरिएको छ।