प्रहर खबर
 २०८३ कार्तिक १०, सोमवार    

मलामी गएका बेपत्तामध्ये १३ जनाको शव फेला

२०७९ आश्विन २४, सोमबार १२:३७ बजे

काठमाडौं – कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा मलामी गएका १५ जना बेपत्तामध्ये १३ जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज फेला परेको शवमध्ये नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित तिलागुफा नगरपालिका वडा नंः ४ का वडा अध्यक्ष परवहादुर शाही, र सोही वडाका ६३ वर्षीय धनबहादुर शाही, ३६ वर्षीया छत्रबहादुर शाही, २८ वर्षीय खगेन्द्रबहादुर शाही, २३ वर्षीय भेषवहादुर शाही, ५५ वर्षीय धनबहादुर शाही, ७६ वर्षीय अलि शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय भानबहादुर शाही, ४१ वर्षीय मोतीलाल शाही, २४ वर्षीय नरेशबहादुर शाही, र २३ वर्षका प्रशान्त शाही रहेका छन् । मृतक सबै वडा ४ राँचुलीकै छन् ।

मृतक स्थानीय युवक हेमराज शाहीको मलामीमा गएका वडा ४ का वडा अध्यक्ष शाहीसहित १५ जना बेपत्ता भएका थिए । कर्णाली नदी र कुकुर खोलाको भाडीखोला घाटमा लास दाहसंस्कार गर्दैगर्दा खोलामा ठूलो पहिरो आएपछि मलामी गएकाहरू बेपत्ता भएका थिए । उद्धारमा खटिएका टोलीले २ दिनपछि मात्रै १३ जनाको शव आज सोमबार फेला पारेको छ भने अझै २ जनाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।