हेटौंडा – काठमाण्डौस्थित आर–आर क्याम्पसमा स्ववियु निर्वाचन मनोनयन दर्ताको क्रममा धारिलो हतियार खुकुरी सहित एकजना पक्राउ परेका छन् ।
बैतडी मेलौली नगरपालिका–३ घर भई हाल काठमाडौं सिफल बस्ने नेकपा एस स्थाई कमिटीका २७ वर्षीय मनोज चन्दलाई खुकुरी सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो क्याम्पसमा अनेरास्ववियु र नेकपा एस समुहका विद्यार्थीहरुले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मनोनयन दर्ताको बिषयलाई लिएर बिवाद हुने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घटनाको सम्बन्धमा प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।