प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

‘मेरी बास्सै’ की अप्सरा आमाको निधन

२०८२ असार २१, शनिबार ०८:४३ बजे

मकवानपुर । लोकप्रिय टेलिश्रृंखला ‘मेरी बास्सै’ मार्फत अप्सरा आमाको भूमिकामा चिनिएकी लक्ष्मी श्रेष्ठको शुक्रबार बेलुकी करिब ८ बजेतिर निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

क्यान्सरबाट पीडित लक्ष्मी श्रेष्ठ विगत केही समयदेखि गम्भीर बिरामी अवस्थामा थिइन् । `

नेपाली टेलिभिजनको हास्य विधामा योगदान पुर्‍याउने कलाकारहरूमध्ये उनी एक प्रेरणादायी नाम थिइन्। 

उनको असामयिक निधनले नेपाली मनोरञ्जन क्षेत्रमा ठूलो क्षति पुगेको छ।