प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

मकवानपुरमा आशंकामा तीन जना पक्राउ

२०८१ मंसिर ३०, आईतबार २०:३४ बजे

हेटौंडा – युवकलाई कुटपिट गरी हत्या गरेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मकवानपुर राक्सिराङ गाउँपालिका ५ इन्चराङस्थित चैनपुरबाट काकडा जाने भित्री सडकमा बारा अमलेखगन्जका २१ वर्षीय समिर सुनारको शव शुक्रबार फेला परेको थियो ।

उनको टाउकोमा चोट र नाकमुखबाट रगत बगिरहेको अवस्थामा प्रहरीले मृत फेला पारेको थियो । सुनारको कुटपिट गरेर हत्या गरेको आशंकामा इलाका प्रहरी कार्यालय मनहरीले तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका तीनै जना मृतक सुनारसँग हिँडने साथी भएको बताएको छ भने उनीहरुको नाम सार्वजनिक गरेको छैन ।