प्रहर खबर
 २०८३ भाद्र १५, सोमवार    

यस्तो छ आजको मौसम पूर्वानुमान

२०७९ श्रावण २३, सोमबार ०३:४० बजे

काठमाडौं – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ । हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति प्रदेश १ र बागमती प्रदेशका केही तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशका का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।