प्रहर खबर
 २०८३ भाद्र १२, शुक्रवार    

मोबाइल फोन चार्जरमै ३० करोड २९ लाख रुपैयाँ बाहिरियो

२०८२ असार ८, आईतबार १८:४० बजे

काठमाडौँ ।  एघार महिनामा नेपालमा ३० करोड २९ लाख रुपैयाँको मोबाइल फोन चार्जर आयात भएको छ।

गत साउनदेखि जेठसम्मको अवधिमा चार्जर किन्न उक्त रकम विदेशिएको हो। यो ११ महिनामा ३९ लाख ४२ हजार ८६६ थान मोबाइल फोन चार्जर आयात गरिएको छ।

तीमध्ये सर्वाधिक चार्जर चीनबाट ३५ लाख ७० हजार थान आयात गरिएको छ भने दोस्रोमा भारतबाट ३ लाख ७२ हजार ६९२ थान फोन चार्जर नेपालमा आयात गरिएको छ।

ती चार्जर खरिद गर्न २८ करोड १० लाख रुपैयाँ चीन पठाइएको छ भने २ करोड १७ लाख रुपैयाँ भारत विदेशिएको छ।

यी दुई देशबाट आयात गरिएका फोन चार्जरबाट सरकारले ९ करोड ४३ लाख रुपैयाँ राजस्व उठाएको छ। 

चीन र भारतका साथै नेपालले अष्ट्रेलिया, क्यानडा, साइप्रस, फ्रान्स, जर्मनी, हङकङ, इजरायल, इटली, जापान, कोरिया, पोल्याण्ड, पोर्चुगल लगायतका देशबाट मोबाइल फोन चार्जर आयात गर्ने गरेको छ।

छिमेकी देश चीन र भारत मोबाइल चार्जरका ठूला उत्पादक बन्दा नेपालमा भने यस्ता वस्तु उत्पादनमा बेवास्ता गरिएको छ।