प्रहर खबर
 २०८३ कार्तिक ५, बुधवार    

हेटौंडामा ग्यास बुलेटको ठक्करबाट बाबुछोरीको घटनास्थलमै मृत्यु

२०७९ जेठ २८, शनिबार १५:२० बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका–९ पशुपतिनगरमा ग्यास बुलेटको ठक्करबाट बाबु र छोरीको ज्यान गएको छ । मृत्यु हुनेमा हेटौंडा–९ बस्ने ५५ वर्षिय इश्वर तामाङ र उनकी छोरी अमिना तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत विरगञ्जबाट हेटौंडा तर्फ आउँदै गरेको भारतीय एन एल ०१ एल २९७१ नम्बरको ग्यास बुलेटले हेटौंडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको ना ६१ प ४५९७ को बाबुछोरी सवार मोटरसाइकलमालाई ठक्कर दिएको हो । ग्यास बुलेटको ठक्करबाट बाबुछोरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

ग्यास बुलेटले अन्य सवारीलाई पनि ठक्कर दिएको बुझिएको छ । घटनाको बिस्तृत बिवरण आउन बाँकी छ ।