प्रहर खबर
 २०८३ भाद्र १२, शुक्रवार    

भूकम्प अपडेट: अहिलेसम्म मर्नेको संख्या १३८ पुग्यो, ७ घाइतेलाइ काठमाडौं ल्याइँदै

२०८० कार्तिक १८, शनिबार १४:५५ बजे

काठमाडौं – भुकम्पमा परी गम्भिर घाइतेहरूलाइ उपचारका लागि काठमाडौं ल्याइदैँछ ।

नेपाल प्रहरीका अनुसार सो भुकम्प परी घाइतेहरू मध्ये ७ जनालाई नेपाल एअरलाइन्सवाट उडानद्वारा काठमाडौं ल्याइदै गरिएको हो ।

गएराती जाजरकाेटलाइ केन्द्रबिन्दु बनाएर गएकाे भुकम्पमा परी अहिलेसम्म १३८ जनाकाे मृत्यु भइसकेकाे छ भने ८५ जना घाइते भएका छन्।

जाजरकोटमा मात्र भुकम्पबाट मर्नेको संख्या १ सय पुगेको छ भने घाइतको संख्या १ सय ५ जना पुगेको छ।

गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो।

भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ।

अहिले पनि उद्धार कार्य जारी छ । उद्धार कार्यमा ८५९ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।