प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

अदालतले तोकेको २ लाख धरौटी बुझाएर निस्किन नपाइ पक्राउ परिन् अमला

२०८२ असार ९, सोमबार १९:०३ बजे

हेटौंडा । ६१ किलो सुन तस्करी प्रकरणकी आरोपी अमला रोकालाई २ लाख धरौटी बुझाएर निस्किन नपाई पुन: प्रहरीले पक्राउ गरेको छ। 

 काठमाडौँ जिल्ला अदालते आज उनलाई २ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

आदेशपछि रिहा हुन नपाई उनी समातिएकी हुन्। उनीविरुद्ध सम्पत्ति सुद्धीकरणमा मुद्दा रहेकाले पक्राउ गरिएको सिआइबीका प्रवक्ता युवराज खड्काले थाहाखबरलाई जानकारी दिए।

सीआइबीले गत शुक्रवार रोकालाई काठमाडौँको टोखाबाट पक्राउ गरेको थियो।

उनी सुनकाण्डमा आरोपी बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन्। ठमेलको होटेल भियना उनकै नाममा दर्ता छ।