हेटौंडा – ट्याक्टर र अटो आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
चितवनको रत्ननगर नगरपालिका ७ मा दिउँसो ना ४ त २७७४ नम्बरको ट्याक्टर र ना २ ह २२८५ नम्बरको अटो आपसमा ठोक्किँएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा अटोमा सवार स्थानीय ६५ वर्षीय सोभनी कुमारी थरुनी रहेकी छिन् । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा सरकारी अस्पताल भरतपुरमा मृत्यु भएको हो ।
अटो चालक सहित घाइते भएका दुई जनाको सरकारी अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुबै सवारी साधन र ट्याक्टर चालकलाई इलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा लिएको छ ।
फाइल तस्बिर