काठमाडौं – एक प्रशिक्षार्थी प्रहरी जवानको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा लामो दौडका क्रममा लडेर बेहोस भएका अछामको मेल्लेख गाउँपालिका–६ झाडीगाउँका २१ वर्षीय प्रशिक्षार्थी प्रहरी जवान भरत बोहराको मृत्यु भएको होे ।
बोहरा यही असार २२ गते १० किलोमिटर लामो दौडका क्रममा लडेर बेहोस भएका र उपचारका क्रममा उनको मृत्यु भएको तालिम केन्द्रका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । घाइते बोहराको लामो समयसम्म होस नआएपछि हेलिकोप्टरमार्फत उपचारका लागि कोहलपुर लगिएको थियो । उनको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको सूचना अधिकारी बोहराले बताए ।