प्रहर खबर
 २०८३ भाद्र १२, शुक्रवार    

बागमती प्रदेशमा धान रोपाइँको क्षेत्रफल घट्यो

२०८० भाद्र ६, बुधबार ०३:१० बजे

हेटौंडा – बागमती प्रदेशको धान बाली हुने क्षेत्रफलको ९३ प्रतिशतभन्दा बढी रोपाइँ भएको छ । गत वर्षभन्दा यो वर्ष यस प्रदेशमा बर्खे धान बाली हुने क्षेत्रफल भने घटेको छ ।

गत वर्ष प्रदेशमा बर्खे धान बाली हुने कुल क्षेत्रफल एक लाख २० हजार ५६९ हेक्टर रहेकामा यो वर्ष एक लाख १३ हजार ५२३ हेक्टर क्षेत्रफलमा बर्खे धान खेती हुने बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क छ ।