प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

हेटौंडा बसपार्कबाट गाँजा सहित एक जना पक्राउ

२०७९ असार २९, बुधबार १४:३८ बजे

मकवानपुर – हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जितपुरसिमरा उपमहानगरपालिका–७ शान्तिटोल बस्ने २७ वर्षीय वीरेन्द्र बैठा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले बैठालाई करिब १ किलो ५ सय ग्राम लागूऔषध गाँजा बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । बसपार्कबाट माईक्रोमा चढ्न लागेका उनलाई उक्त गाँजा सहित नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।