काठमाडौँ – सरकारले काठमाडौँ, ललितपुर, भक्तपुरसहित १४ जिल्लालाई सङ्कटग्रस्त जिल्ला घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले काठमाडौँ उपत्यकाका तीन जिल्लासहित १४ जिल्लालाई सङ्कटग्रस्त जिल्ला घोषणा गरेको गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।
मन्त्री लेखकले अविरल वर्षाका कारण बाढी र पहिरोले क्षति पुर्याएका १४ जिल्लालाई सङ्कटग्रस्त जिल्लाको रूपमा घोषणा गरेको जानकारी दिनुभयो । गत शुक्रबार र शनिबार देशैभर अविरल वर्षा हुँदा ठुलो जनधनको क्षति भएको थियो । मन्त्री लेखकले भने, “अविरल वर्षका कारण बाढी र पहिरोले धेरै ठुलो जनधनको क्षति गर्यो । अब राहत, उद्धार, पुनर्निर्माण र पुनस्र्थापना सघन रूपमा गर्न सङ्कटग्रस्त जिल्ला घोषणा गरेका छौँ ।”
बाढी, पहिरो र डुबानबाट सबैभन्दा धैरै मानवीय तथा भौतिक क्षति भएका जिल्ला पाँचथर, ओखलढुङ्गा, उदयपुर, सर्लाही, रौतहट, सिन्धुली, मकवानपुर, चितवन, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, दोलखा, रामेछाप र काभ्रे जिल्ला र ती जिल्लाका विभिन्न स्थानीय तहलाई सङ्कटग्रस्त घोषणा गर्न सिफारिस थियो ।