प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

प्युठानमा भारी वर्षा मापन, साइरन बज्यो, सतर्कता अपनाउन अनुरोध

२०८२ असार १४, शनिबार २०:५३ बजे

काठमाडौँ। प्युठान जिल्लामा शनिवार साँझ(अहिले) भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

 सेउलिबाङ वर्षा मापन केन्द्रमा १९६.६ मिलिमिटर वर्षा मापन भएको जनाइएको छ। 

साना खोला तथा नालामा बाढीको आकस्मिक बहावको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ। 

विभागले आजदेखि सोमवारसम्म पश्चिम नेपालका कतिपय ठाउँमा भारी देखि अति भारी वर्षा हुने पुर्वानुमान सार्वजिनक गरेको छ।