हेटौंडा – बसबाट ओर्लने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । सर्लाहीको मलंगवा नगरपालिका २ झण्डा बजारमा ग १ ख ९४५२ नम्बरको बसबाट ओर्लने क्रममा लडेर सर्लाहीकै कौडेना गाउँपालिका ३ बस्ने ४० वर्षिय चन्दन चौधरीको मृत्यु भएको हो ।
आईतबार बिहान पौने ११ बजे बसबाट ओर्लने क्रममा लडेर गम्भिर घाइते भएका चौधरीको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको हो । बस चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।