प्रहर खबर
 २०८३ कार्तिक ११, मङ्गलवार    

रक्सीको नसामा बावुको हत्या

२०७९ बैशाख १८, आईतबार ०१:५१ बजे

हेटौंडा – एक युवकले रक्सीको नसामा आफ्नै ८३ वर्षीय हत्या गरेका छन् । प्युठान नौबहिनी गाउँपालिका–४ मा स्थानीय ३० वर्षीय तुले सुनारले आफ्नै ८३ वर्षीय जंग बहादुर सुनारको हत्या ढुङ्गा प्रहार हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका तुलेले सामान्य झगडामा ढुङ्गा प्रहार गर्दा जंग बहादुरको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुङबहानेबाट खटिएको प्रहरीले तुलेलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।