प्रहर खबर
 २०८३ कार्तिक ११, मङ्गलवार    

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२०७९ बैशाख १८, आईतबार ०५:४४ बजे

हेटौंडा – मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनुषाको मिथिला नगरपालिका २ राघोपुरमा ढल्केबरबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश २, ०२, ००२ प ३०५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोहोत्तरीको बर्दिबास घर भएका ४० वर्षीय संजिप श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल शनिबार अपरान्ह ४ बजे अनियन्त्रित भइ दुर्घटना भएको थियो । गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा साँझ साढे ५ बजे जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।