प्रहर खबर
 २०८३ भाद्र १४, आइतवार    

२६ वटा लाइसेन्स निलम्बन गर्न सिफारिस

२०७९ मंसिर २१, बुधबार १३:१५ बजे

काठमाडौं – ट्राफिक प्रहरीले २६ वटा सवारी चालक अनुमती पत्र (लाइसेन्स) निलम्बन गर्न यातायात व्यवस्था विभाग मिनभवन पठाएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँच पटकभन्दा बढी नियम उल्लंघन गरेका २६ ओटा लाइसेन्स निलम्बन गर्न विभागमा पठाएको हो।

सहप्रवक्ता एसपी अवदेश विष्टका अनुसार पटकपटक नियम उल्लंघन गर्नेहरूको लाइसेन्स निलम्बन गर्न सिफारिस गरेको हो। ती मध्ये एक जनाले ३८ पटक सम्म नियम उल्लंघन गरेको एसपी विष्टले बताए।