काठमाडौं – शुक्रवार बिहान छुरा प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । धनुषाको मिथिला नगरपालिका–९, बडहरीका २५ वर्षीय युवा शङ्कर महतो गम्भीर घाइते भएका हुन् ।
प्रहरीका अनुसार उनको उपचार धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजमा भइरहेको छ । छुरा प्रहार गर्नुको कारण प्रहरीले खुलाएको छैन । घटनाको अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।