प्रहर खबर
 २०८३ भाद्र १४, आइतवार    

मकवानपुरमा लागूऔषध सहित एक महिला पक्राउ

२०७९ बैशाख ९, शुक्रबार ०७:५५ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीबाट अवैध लागूऔषध गाँजा सहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । कैलाश गाउँपालिका–७ बस्ने ६० वर्षीया चन्द्र माया प्रजालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

मनहरीबाट ज्यामिरेतर्फ आउँदै गरेकी प्रजालाई करिब २ किलो ५ सय ग्राम गाँजा सहित ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।