हेटौंडा – मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका दोर्जे लामा स्याङतानले अग्रता लिएका छन् । मकवानपुरगढी– ८ को वडा नं.८ को ३ सय मत गणना हुँदा हुँमागाईले १ सय १० मत प्राप्त गरेका छन् । त्यस्तै अध्यक्षमा नेकपा एमालेका विदुर हुँमागाईले ९७ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मानकुमारी नेपाली(पाख्रिान)ले १ सय ६१ र एमालेकी सन्तु थिङले ९७ मत ल्याएकी छिन् । त्यसैगरी वडा नं.८ मा वडा अध्यक्षान कांग्रेसले १ सय ३६, एमाले ९५ र माओवादी केन्द्र ५८ प्राप्त गरेका छन् ।