प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

२०८० बैशाख २६, मंगलबार ०६:२० बजे

हेटौंडा – धनुषाको मिथिला नगरपालिका ४ जगदेव पुलमा टिपरमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाकै कमला नगरपालिका २ का २२ वर्षीय दिपु यादव रहेका छन् ।

प्रहरीका अनुसार यादवलाई ढल्केबर अस्पताल पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेका थिए । सिरहाबाट महोत्तरीतर्फ जाँदै गरेको लु १ क १७६८ नम्बरको टिपरमा सोही दिशातर्फ जाँदै गरेको मधेश प्रदेश-०२-००६ प ६५२७ नम्बरको मोटरसाइकल आज बिहान ५ बजे ठोकिएको थियो । दुर्घटना पश्चात फरार रहेका टिपरका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाले जनाएको छ ।