हेटौंडा – मकवानपुरको हेटौंडामा गएराती बसको ठक्करबाट अटो चालकको मृत्यु भएको छ भने सवार एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा अटो चालक बाराको रतनपुर घर भएका अन्दाजी २६ बर्षीय मिलन सुनार रहेका छन् । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा सोमबार बिहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा अटोमा सवार हेटौडा उपमहानगरपालिका १२ का अन्दाजी ३५ बर्षिय सुवास सुनार रहेका छन् । उनको हेटौडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडाबाट पथलैया जाँदै गरेको प्रदेश २–०३–००१ ख ०२४२ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ना२अ ६४ नम्बरको अटोलाई हेटौंडा उपमहानगरपालिका–१५ मा हेटौंडा १५ रातोमाटे नजिक गएराती २ बजे ठक्कर दिएको थियो ।
बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।