प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

बागमती प्रदेश सभामा आज बजेटमाथि छलफल

२०८२ असार १२, बिहीबार ०९:२१ बजे

काठमाडौं । बागमती प्रदेश सभा बैठक बिहीबार बस्दैछ। 

 बिहान ११ बजे बस्ने बैठकमा प्रदेश सरकारले गत असार १ गते संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ। बैठकमा सांसदहरूले बजेटमाथि धारणा राख्नेछन्।

बागमती सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट ल्याएको छ। बजेटमा चालु खर्चतर्फ २६ अर्ब ४४ करोड (३८.६ प्रतिशत) र पुँजीगततर्फ ४१ अर्ब ०३ करोड (६१.४ प्रतिशत) विनियोजन गरिएको छ