प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

मकवानपुरमा १ सय २३ जनाको स्वतन्त्र उम्मेदवारी, कुन पालिकामा कति ?

२०७९ बैशाख १६, शुक्रबार ०८:२८ बजे

हेटौंडा – आसन्न स्थानीय तह निर्वाचनको लागि मकवानपुरमा १ सय २३ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । जिल्लाको एक उपमहानगर, एक नगर र आठ गाउँपालिकाको विभिन्न पदको लागि १ सय २३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकामा विभिन्न पदको लागि ४८ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । बागमती गाउँपालिकामा १७, मनहरी गाउँपालिकामा १२, मकवानपुरगढी गाउँपालिका १० जना, राक्सिराङ गाउँपालिकामा ९ जना, बकैया गाउँपालिमा ८ जना, इन्द्रसरोबर गाउँपालिमा ७ जना, कैलाश गाउँपालिकामा ६ जना, थाहा नगरपालिकामा ४ जना र भिमफदी गाउँपालिमा २ जनाको स्वतन्त्र उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।