हेटौंडा – गएराति मकवानपुरमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने एक जना घाईते घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीका अनुसार चट्याङ लागेर मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका वडा नंबर ८ का ६५ वर्षीय जीत बहादुर गोले रहेका छन् ।
यसैगरि गएरातिनै चट्याङ लागेर इन्द्रसरोबर गाउँपालिका वडा नंबर २ की ६० वर्षीया ठूलीमाया रुम्बा रहेकी छन् । उनलाई उपचारको लागि गएरातिनै काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ ।