प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

एक युवतीको आफ्नै घरमा शंकास्पद मृत्यु

२०८० बैशाख १८, सोमबार ११:३२ बजे

काठमाडौँ – बाँकेमा एक युवती आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको कोहलपुर नगरपालिका २ बर्दहवामा स्थानीय २० वर्षीया प्रिती थारु घरमै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीका अनुसार मृतकले आत्महत्या गरेको हो कि हत्या नै हो भन्ने कुरा पुष्टि भएको छैन । पोस्टपार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने उनले बताए ।

‘घटना शंकास्पद भएकाले मृतकका तीन जनालाई नियन्त्रणमा लिएमा लिएर श्रीमान्, ससुरा र जेठाजुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ ।