हेटौंडा – अटो र मोटरसाइकल आपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन् । बाँकेको खजुरा गाउँपालिका २ मा सोमबार साँझ ६ बजे भे १ ह ६०८६ नम्बरको अटो रिक्सा र भे ११ प १०९९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा पाँच जना घाइते भएका हुन् ।
घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूलाई उपचारको लागि कोहलपुर स्थित नेपालगञ्ज नर्सिङ होममा भइरहेको प्रहरीले जनाएको छ । दुवै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।