प्रहर खबर
 २०८३ कार्तिक ३, सोमवार    

सवारी दुर्घटनामा चार जनाको मृत्यु

२०८० पौष ३, मंगलबार १४:१४ बजे

काठमाडौं – देशको छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार रूपन्देही, झापा, कैलाली र पर्वतमा एक–एक जनाको मृत्यु भएको हो ।

रूपन्देहीको सैनामैना नगरपालिका–६ दुधराक्षस्थित सडकमा लु.७७ प ४९५३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७६ वर्षीया खिमकला घिमिरेको सोमबार दिउँसो मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित सडकमा प्र.१–०१–०१३ प ३९६६ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–४ बस्ने ६५ वर्षीय कर्ण बहादुर रायको सोमबार साँझ मृत्यु भएको हो । प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी कैलालीको कैलारी गाउँपालिका–७ बर्का बसन्तास्थित सडकमा बा.८१ प ४२९८ नम्बर र से.५ प ४७७४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार साँझ दुर्घटना हुँदा बा.८१ प ४२९८ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने २८ वर्षीय शिसिर चौधरीको मृत्यु भएको छ । प्रहरस्का अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका से।५ प ४७७४ नम्बरको मोटरसाइकल चालकलाई थप उपचारको लागि निसर्ग अस्पताल धनगढी पठाइएको प्रहरीले जनाएको छ ।

उता पर्वतको कुश्मा नगरपालिका(८ चुवा चाईना चोकमा ग.२१ प ९५ नम्बरको स्कुटर सोमबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–१३ खौला बस्ने २८ वर्षीय सागर कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।